चाडपर्व र कोभिड १९ को बेला ग्राहकलाई सहजै सेवा दिने उदेश्यले निशुल्क गरिएको इन्टर बैंक एटिएम सेवा अब फेरी शशुल्क हुने भएको छ। नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको समिक्षा जारी गर्दै अबदेखि इन्टर बैंक एटिएम सेवा शशुल्क हुने जानकारी दिएको हो।
मौद्रिक नीतिको समिक्षामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था उल्लेख छ।
चाडपर्व तथा कोभिड १९ को बेला ग्राहकलाई सहजता दिने उदेश्यले विद्युतीय कारोबार निशुल्क गरीएपनि एटिएम सेवामा बिकृति बढेकाले शशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।




