एटिमभन्दा आइपिएसकै कारोबार दोब्बर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एटिमभन्दा आइपिएसकै कारोबार दोब्बर

पछिल्लो समय ग्राहकहरुले भुक्तानीको माध्यम एटिएमभन्दा अनलाइनलाई रोज्दै आएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार एटिएमको तुलनामा एउटै अनलाइन माध्यम लोकप्रीय हुँदै आएको छ। 

केन्द्रीय बैंकको तथ्यांकअनुसार आइपिएस कनेक्टको माध्यमबाट हुने भुक्तानी समग्र एटिएमको तुलनामा झन्डै दोब्बर रहेको छ। देशभरका एटिएम कार्डबाट असोज महिनामा ४६ अर्ब भुक्तानी भएको छ भने कनेक्ट आइपिएसबाट मात्र ८८ अर्ब भुक्तानी भएको छ। 

तथ्यांकअनुसार वालेट तथा इन्टरनेट बैंकिङको माध्यमबाट हुने भुक्तानी पनि बढ्दो क्रममा छ। असोज महिनामा मात्र ६ अर्ब,मोबाइल बैंकिङको माध्यमबाट २८ अर्ब र वालेटबाट ९ अर्ब भुक्तानी भएको छ। त्यस्तै पिओएस मेसिनबाट असोजमा २ अर्ब भुक्तानी भएको छ। असोजमा मात्र कार्डको प्रयोग गरी इकमर्शमा ७९ करोड रुपैयाँ भुक्तानी भएको छ। 

Read More