अन्तर बैङ्क एटीएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरिँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अन्तर बैङ्क एटीएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरिँदै

बैङ्कहरुले अन्तरबैङ्क एटीएम कारोबारमा शुल्क लिन पाउने माग राखेपछि पुन: शुल्क लिन पाउने व्यवस्थाको तयारीमा राष्ट्र बैङ्क छ । नेपाल राष्ट्र बैङ्क स्रोतका अनुसार प्रथम त्रैमासिक मौद्रिक नीति समक्षाबाट शुल्क लिन पाउने व्यवस्था गर्ने हल्ला चलेपनि त्यस्तो प्रस्ताव हालसम्म गरिएको छैन । यद्यपि, बैङ्कहरुले शुल्क लिन पाउने माग गरेपछि राष्ट्र बैङ्कले त्यसलाई ध्यान दिएको ती अधिकारी बताउँछन् ।

अहिले शुल्क लिन नपाइने भएपछि एटीएम सेवाको गुणस्तर खस्किएको, कतिपय बैङ्कहरुले एटीएममा रकम समेत हाल्न हेलचेक्र्याइँ गरिरहेको र केहीले बिग्रेको एटीएम लामो समयसम्म पनि मर्मत नगरेको गुनासो राष्ट्र बैङ्कमा पछिल्ला दिनमा धेरै आउने गरेको छ ।

Read More