अन्तरबैंक एटीएम निःशुल्क हुँदा व्यवस्थापनमा लापरबाही


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अन्तरबैंक एटीएम निःशुल्क हुँदा व्यवस्थापनमा लापरबाही

काठमाडौँ — एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लिन नपाउने व्यवस्थापछि एटीएम व्यवस्थापनमा लापरबाही हुन थालेको छ । केही बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनमा पर्याप्त पैसा नराखेको र मर्मत सम्भारमा पनि ध्यान दिन छाडेका छन् । एटीएम कारोबारबाट शुल्क उठाउन नपाउने भएपछि त्यसको व्यवस्थापन कम प्राथमिकतामा परेको बैंकरहरू बताउँछन् ।

एटीएम व्यवस्थापनमा बैंकहरूको लापरबाहीबारे राष्ट्र बैंक पनि जानकार छ । यस विषयमा राष्ट्र बैंकमा थुप्रै उजुरी परेका छन् । ‘पर्याप्त पैसा नराखेको र समयमा मर्मतसम्भार नभएको सम्बन्धमा केही उजुरी छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘उजुरीउपर छलफल भइरहेको छ ।’ छिट्टै जारी हुन लागेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यो विषय समेटिने सम्भावना रहेको ती अधिकारीले बताए ।

Read More