नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन वटा कम्पनीको सेयर मूल्य समायोजना भएको छ । कुमारी बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र रिडी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले कुमारी बैंक को १०.८५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । बैंकको शेयरमूल्य २७३ रुपैयाँ कायम गरेको छ । यहि मूल्यलाई आधार मानेर सोमबार कारोबार हुनेछ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्य ३ सय ३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारणसभा डाकेको छ ।





