अनलाइन प्रणालीले वित्तीय क्षेत्रमा सजिलो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइन प्रणालीले वित्तीय क्षेत्रमा सजिलो

अनलाइन प्रणालीको बढ्दो प्रयोग र विस्तारले नेपालको वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्मक प्रभाव पारेको सरोकारवालाले बताएका छन्। पछिल्लो दशकयता भित्रिएका नयाँ पूर्वाधार, प्रविधि र एप्लिकेसनको सहायताले वित्तीय तथा सार्वजनिक सेवाको प्रयोग घरबाटै उपभोग गर्ने स्थिति आएको उनीहरूले चर्चा गरे।  

ब्रान्डवर्थ प्रालिले आयोजना गरेको ‘फोन पे डिजिटल कन्क्लेभ’मा बोल्दै सम्बद्ध सरोकारावाले सेवा लिँदा लाइन लाग्नुपर्ने, कार्यालय धाउनुपर्ने झन्झट घटिरहेको बताए। साथै डिजिटल सेवा राजधानी र केही सहरमा मात्रै केन्द्रित भएकाले यसलाई देशको दूरदराजसम्म विस्तार गर्नुपर्ने आवश्यकता समेत उनीहरूले औंल्याएका छन्।

डिजिटल कन्क्लेभको छैटौं सत्र अन्तर्गत ‘अनलाइन कि अफलाइन’ विषयमा बोल्दै सरोकारवाहरूले पछिल्लो एक दशकयता नेपालमा डिजिटल प्रविधिको विकासले सेवा प्रवाहमा सरलता र पारदर्शिता ल्याएको चर्चा गरे। सो अवसरमा बोल्दै सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद आचार्यले प्रविधिका कारण सेयर/आइपिओ भर्नेहरूको लामो लाइनको अन्त्य भएको बताए।

Read More