राष्ट्रिय वाणिज्य बैंकद्धारा बलियो नेपाल न्युट्रिशन इनिसियटिभलाई आर्थिक सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकद्धारा बलियो नेपाल न्युट्रिशन इनिसियटिभलाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ । बैंकले गरेको सहयोग अन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका विभिन्न क्षेत्र विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिने भएको हो । आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्याय बिच समझदारीपत्रमा एक कार्यक्रममा बिच हस्ताक्षर भएको छ ।

सोही अवसरमा बैंकका प्रमुख श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआर मार्फत सहयोग गरेको बताए । त्यस्तै, अभियानका उपाध्यायले दुईवर्ष भन्दा कम उमेर समुहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको बताए ।

Read More
  • MBL - below news