सर्वसाधारणमा खरिद व्यवहारमा परिवर्तन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सर्वसाधारणमा खरिद व्यवहारमा परिवर्तन

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण सर्वसाधारणको खरिद गर्ने व्यवहार परिवर्तन भएको छ । पसलसम्मै गएर सामान छानिछानि किन्ने, मोलमोल्याइ गर्ने बानीबाट उपभोक्ता ई–कमर्स प्लेटफर्म (अनलाइन खरिद गर्ने माध्यम)मा गएर विभिन्न भेन्डरका सामान छान्ने तथा दाज्ने अवस्थामा पुगेका छन् ।

अमेजन, अलिबाबालगायत विश्वमै कहलिएका ईकमर्स प्लेटफर्मदेखि स्थानीय प्लेटफर्ममार्फत् हुने व्यापारले रेकर्ड कायम गरे ।  उपभोक्ताको खरिद गर्ने प्याटर्नमा आएको यो प्याराडाइम सिफ्ट नेपालमा पनि देखिएको छ । नेपालमा पनि ईकमर्स माध्यमबाट सामान किन्ने क्रम बढेको छ भने सामाजिक सञ्जाल (फेसबुक तथा इन्स्टाग्राम)मार्फत् प्रबद्र्धन गरेर सानो परिमाणमा सामाग्री बिक्री गर्नेको सूची पनि लम्बिँदो छ । 

यो सूचीमा लकडाउनले पनि साथ दिएको छ । उपभोक्तालाई आवश्यक सामाग्री खरिद गर्न पसलसम्म जानुनपर्ने परिस्थिति कम हुँदै गएको छ । इन्टरनेटको उपलब्धता, होम डेलिभरी, छनौटको अवसर तथा छुटका अफरले ईकमर्स प्लेटफर्म उपभोक्ताको रोजाइमा परेका हुन् ।
यही अवधिमा नयाँ इकमर्स प्लेटफर्म विकास भए, कतिले आफ्नो व्यवसायको दायरा विस्तार गरे । 

Read More