अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्न सकिने

सहकारी संस्थाका सदस्यहरुले अब आफ्नो सहकारीको खाताबाट सिधैं बैंकको खातामा रकम पठाउन सक्ने भएका छन्। हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिङ प्लेटफर्म ‘एम बैंक एप प्रयोग गरि सहकारीको खाताबाट रकम सिधै बैंक खातामा ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेका बाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ । ‘एम बैंक एप’ सर्भिस लिएका सहकारी संस्थाले आफ्ना सदस्यलाई यस्तो सुविधा दिन सक्ने हाम्रो टेक्नोलोजीका संचालक संजय महासेठजीले जानकारी दिए।

हाम्रो टेक्नोलोजीले निर्माण गरेको यो प्रणालीले सहकारीको र बैंकबीचको डिजिटल कारोबारको  दुरीलाई समाधान गरेको छ। बिगतमा सहकारीमा खाता हुनेले त्यहाँको चेक बैंकमा डिपोजिट गर्न नपाउँदा सहकारीमा खाता हुनेले पैसा ट्रान्सफर गर्नलाई समस्या भोग्दै आएका थिए।  तर अब भने सहकारीमा खाता भएकाले पनि सहजै बैंकहरुको खातामा एक क्लिकमै पैसा ट्रान्सगर गर्न पाउनेछन। 

लकडाउनको विषम परिस्तिथिमा हाम्रो टेक्नोलोजीले निर्माण गरेको यो प्रणालीले कम्पनीमा आबद्ध सहकारीका सदस्यलाई घरमै बसेर डिजिटल कारोबारको अवसर सृजना गरेको कम्पनीले जनाएको छ।

Read More