काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गंगाधर पाण्डे नियुक्त भएका छन् । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो ।
बैंठकले मंसिर ८ गतेदेखि नै लागू हुने गरी पाण्डेलाई आगामी ४ वर्षका लागि संस्थाको सीईओ पदको जिम्मेवारी दिएको हो । उनी यसअघि नवकिरण लघुवित्तमा पनि प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारीमा थिए । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नवकिरण लघुवित्त वित्तीय संस्था ले हिजाे साेमबारदेखि एकीकृत कारोबार सुरू गरेका छन् ।








