सिभिल बैंक Civil Bank Limited ले दशौं बार्षिकोत्सव मनाएको छ। ३० औं बाणिज्य बैंकको रुपमा स्थापना भएको सिभिल बैंकले आज भर्चुअल मार्फत आफ्नो दशौँ बार्षिकोत्सव मनाएको हो।
बार्षिकोत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरेका छन्। १० बर्ष पुरा गरेर एघारौँ बर्षमा प्रवेश गरेको अवसरमा बैंकका सीईओ गुरुङले बैंकको १० बर्षको महत्त्वपूर्ण माइलस्टोन सुनाएका छन्।
पहिलो माइलस्टोनमा सिभिल बैंकले १० बर्षको अवधिमा आफ्नो चुक्तापुंजी १ अर्ब २० करोडलाई बढाएर ८ अर्ब पुर्याएको छ। त्यस्तै दोश्रोमा, बैंकको वित्तीय अवस्थाको प्रगति रहेको छ, जसमा बैंकको सम्पती ४ अर्बबाट बढेर ८६ अर्ब पुगेको छ भने निक्षेप २ अर्ब ९५ करोडबाट ७० अर्ब पुगेको छ भने कर्जा लगानी २ अर्बबाट बढेर ६० अर्ब पुगेको छ।
तेश्रोमा बैंकको शाखा संख्या रहेको छ। स्थापनाको पहिलो बर्षमा ३ शाखा रहेकोमा अहिले यो संख्या बढेर ११४ पुगेको छ भने चौंथोमा, बैंकको ग्राहक संख्या ४००० बाट बढेर ४ लाख ८६ हजार पुगेको छ।







