साना उद्यमीलाई नबिल बैंक र दराजको सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साना उद्यमीलाई नबिल बैंक र दराजको सहयोग

साना तथा मझौला उद्यमीलाई सहयोग पुर्याउन नबिल बैंक र दराजबीच सम्झौता भएको छ । नेपालका साना तथा मझौला उद्यम(एसएमई)लाई सहयोग पुर्याउन बैंक र अनलाइन स्टोर दराजबीच मंगलबार सम्झौता भएको हो । 

सम्झौतामा बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र दराजका प्रबन्ध निर्देशक लिनो अल्हेरिङ्गले हस्ताक्षर गरेका छन् । 

बैंक र दराज दुबैको सहकार्यमा “सारथी” भन्ने वित्तिय कार्यक्रम सुरू गरेका छन् । जहाँ दराजका विक्रेताहरूले विभिन्न सुविदा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि ल्याइएको बैंकले जनाएको छ । जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन पाउने जनाइएकोे छ । 

कार्यक्रममा बोल्दै बैंकका डेपुटी सीईओले भने, “यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई विभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय विस्तारमा सहयोग पूर्याउनु रहेको छ ।'

Read More