ईसेवाबाट १ हजार रुपैयाँ सम्मको बैंक ट्रान्सफर गर्दा शूल्क नलाग्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ईसेवाबाट १ हजार रुपैयाँ सम्मको बैंक ट्रान्सफर गर्दा शूल्क नलाग्ने

डिजिटल वालेट ईसेवाबाट जुनसुकै बैंक खातामा १ हजारसम्मको बैंक ट्रान्सफर निःशूल्क गर्न सकिने भएको छ । यो सेवा ग्राहकहरुले दिनको १० पटक र महिनाको ५० पटकसम्म उपयोग गर्न सक्ने छन् । 

त्यस्तै ईसेवाबाट १० हजारसम्मको बैंक ट्रान्सफर (बैंक वीथड्र) गर्दा २० रुपैयाँ शूल्क लाग्ने छ । त्यस्तै २० हजारसम्मको बैंक ट्रान्सफर गर्दा ३० रुपैयाँ शूल्क लाग्ने छ । 

यसैगरी ३० हजार रुपैयाँसम्मको बैंक ट्रान्सफर गर्दा ४० रुपैयाँ शूल्क लाग्ने छ । भने ४० हजार रुपैयाँसम्मको बैंक ट्रान्सफर गर्दा ५० रुपैयाँ शूल्क लाग्ने छ ।

यस्तै ५० हजार रुपैयाँसम्म बैंक ट्रान्सफर गर्दा ६० रुपैयाँ शूल्क र एकलाख रुपैयाँसम्म बैंक ट्रान्सफर गर्दा ७५ रुपैयाँ शूल्क लाग्ने छ । 

Read More