बिल्स कलेक्सन के हो ? के के छन् फाइदाहरु ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बिल्स कलेक्सन के हो ? के के छन् फाइदाहरु ?

बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका ग्राहकहरुलाई ग्राहकले विभिन्न माध्यमबाट प्राप्त गरेको विभिन्न प्रकारका वित्तीय उपकरणहरु प्राप्त गर्ने, ग्राहकको तर्फबाट एजेण्ट भई बैंकिङ कारोबार सञ्चालन गर्ने, विल्सको संकलन र भुक्तानी सम्बन्धि कारोबारलाई बिल कलेक्सन कारोबार भनिन्छ ।
बिल कलेक्सन गैरकोषमा आधारित बैंकिङ सुविधा हो, जसले बैंक एजेण्टको रुपमा ग्राहकको खाता सञ्चालन गरी बिल्स प्राप्ती र सो बापतको रकम जम्मा गर्ने कारोबार गर्दछ । बिल्स कलेक्सन सम्बन्धि कारोबारका लागि कम्पनी ऐन अनुसार वि.सं. २०६५ सालमा नेपाल क्लियरीङ हाउस स्थापना भएको छ । जसका सदस्य बैंकहरुले एक आपसमा बिल्स कलेक्सन र हिसाब मिलानको कार्य सम्पन्न गर्दछन् ।

बिल्स सम्बन्धि कारोबारबाट देहाय बमोजिमका फाइदाहरु लिन सकिन्छ ।
बैंकिङ भुक्तानी प्रणालीलाई छिटो, छरीतो र विश्वसनीय बनाउने ।
कोष संकलन र रकमान्तरण व्यवस्थित हुने
छोटो समयमा बिल्सको कारोबारको हिसाब मिलान गर्न सकिने ।
बिल्सलाई ग्राहकले दरपीठ गरी भुक्तानी स्वामित्व परीवर्तन गर्न मिल्ने
अन्तरबैंक बिल्स हिसाब मिलान सहज हुने ।
बिल्स खरीदबाट बैंकले कमीशन आम्दानी प्राप्त गर्ने
बिल्स कारोबारबाट तरलता व्यवस्थापनमा सहयोग पुग्ने ।
बैंकिङ व्यवसाय ग्राहकमैत्री र सरल तथा सुविधायुक्त हुने ।

बिल्स कलेक्सनलाई आधारभुत रुपमा २ भागमा वर्गीकरण गरीन्छ ।
तिनीहररुलाई Clear Bills  र documentary bills मा विभाजन गरीन्छ । जसको विस्तृत चर्चा देहाय बमोजिम गरिएको छ ।

१. Clear Bills
यस प्रकारको बिल्स अन्तर्गत चेक तथा ड्राफ्ट र Pay Order पर्दछ । जसको उत्पती बैंकको कुनै शाखाबाट हुन्छ,भने यस्तो
जारी गरीएको बिल्सलाई बैंकमा खाता भएको ग्राहकले संकलन र भुक्तानीका लागी नियम बमोजिम बैंकमा उपस्थित गराएमा समासोधन गृहको प्रयोग गरी हिसाब राफसाफ र मिलान गर्नुपर्दछ ।
यस्तो बिल्स साधारण प्रकृतिको र नियमित प्रक्रिया अनुसार जारी र प्रयोग गरीन्छ । यसको मुख्य उदेश्य बैंकले ग्राहकलाई बैंकिङ कारेबारमा सहुलियत प्रदान गर्नु हो । ...

Read More
  • MBL - below news