'मेरो सेयर'को समस्या झन् जटिल, क्लोजआउटको भार लगानीकर्ताको टाउकोमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'मेरो सेयर'को समस्या झन् जटिल, क्लोजआउटको भार लगानीकर्ताको टाउकोमा

सिडीएससीको सीइओको पुरानै जवाफ, साँझदेखि सेवा सुचारु हुने दाबी

 

काठमाण्डौ । 'मेरो सेयर'मा उपलब्ध अधिकांश मुख्य फिचर्स अवरुद्ध हुँदा सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सीइओ हिजोको जवाफ दोहोर्याउँदै आज साँझबाट सेवा सुचारु हुने दाबी गरेका छन् । 

विगत केही दिनदेखि 'मेरो सेयर'मा भएका सेवाहरु लगानीकर्ताहरुले सहज ढंगले प्रयोग गर्न नपाइरहेको मात्रै होइन कि लगइन नहुने, 'मेरो सेयर'मा उपलब्ध सेयर संख्या यकिन गर्न नसकिने, इडीआइएसलगायत गर्न नमिल्ने थुप्रै समस्याहरु आएपछि सेवाहरु २ दिनदेखि अवरुद्ध भएका छन् ।

हाल बढ्दो बजारमा अत्यधिक लगानीकर्ताहरुले 'मेरो सेयर' हेर्ने र हाल खुलिरहेको आइपीओ तथा हकप्रदमा आवेदन गर्ने, लगायत गतिविधि गर्दै आइरहेका छन् । नियामक धितोपत्र बोर्डले समेत सेयर हस्तान्तरणका निम्ति डीआइएसको सट्टा इडीआइएस अनिवार्य गरेपछि सीडीएससीको 'मेरो सेयर'मा अधिक भार परेको आइटी जानकारहरु बताउँछन् । 

Read More