युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले युट्युबरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् । उनले राशिद सिद्दीकी नामको एक युट्युवर बिरुद्ध उक्त केस गरेका हुन् । राशिदले सुशान्त सिंह राजपुतको मावलमा अक्षय कुमारलाई केही गम्भिर आरोप लगाएका थिए । त्यसैले अक्षयले उनी बिरुद्ध कानुनी एक्सन लिएका हुन् । उनलाई मानहानीको टोसिस समेत पठाइएको छ ।

बिहारका युट्युबर राशिदले आफ्नो ‘एफएफ न्युज’ च्यानलमा अक्षयकुमार, आदित्य ठाकरे र मुम्बई पुलिसको छवि खराब गर्ने कोशिश गरेर गलत जानकारीको साथ आपत्तिजनक भिडियो शेयर गरेका थिए । यतिमात्र कहाँ हो र ती युट्युबरले अक्षयकुमारलाई रिया चक्रवर्तीलाई सहयोग गरेको आरोप समेत लगाएका थिए ।  राशिदले एक भिडियो बाहिर ल्याएको थियो । जसमा भनिएको थियो ‘अक्षयले रियालाई देशबाट निस्किएर क्यानडा जान पुरै सहयोग गरेका थिए ।’

Read More