युनाइटेड इदी मार्दीको आइपीओमा आवेदन दिनेको संख्या कति पुग्यो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनाइटेड इदी मार्दीको आइपीओमा आवेदन दिनेको संख्या कति पुग्यो ?

काठमाडौं : युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओमा ४५ लाख २९ हजार ६८० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म कुल २ लाख २६ हजार ३४३ जना लगानीकर्ताले ४५ करोड २९ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । इदी मार्दीले बुधबार (मंसिर ३ गते) बाट आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो । यसमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Read More
  • MBL - below news