तीन वर्षकै उच्च विन्दुमा पुग्यो बिट्क्वाइनको भाउ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तीन वर्षकै उच्च विन्दुमा पुग्यो बिट्क्वाइनको भाउ

मंसिर ३, टोकियो (जापान) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ तीन वर्षकै उच्च विन्दुमा उक्लिएको छ । बुधवार क्वाइन डेस्कमा प्रतिगोटा बिट्क्वाइनको मूल्य १७ हजार डलरमाथि पुगेको छ । 

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७:४५ बजे प्रति गोटा बिट्क्वाइन १७ हजार ८९१ सेन्टमा किनबेच भइरहेको थियो । यो सन् २०१७ को डिसेम्बर यताकै उच्च हो । 

यो अघिल्लो दिनको तुलनामा ७ प्रतिशत धेरै हो । कोरोना भाइरसको महामारीबीच लगानीकर्ताहरुले क्रिप्टोकरेन्सीमा लगानी बढाइरहेकोले यसको भाउ बढेको हो । यद्यपि, यसलाई सेफ हेभन एसेटका रुपमा हेर्नु नहुने चेतावनी विज्ञहरुले दिइरहेका छन् ।

Read More