काठमाडौं : कुनै पनि नयाँ सीप र ज्ञान युवा अवस्थामै सिक्न सक्नेले भविष्यप्रतिको नयाँ सम्भावनालाई पनि संकेत गरिरहेको हुन्छ । अन्य क्षेत्रमा जस्तै सेयर बजारमा गरिने लगानीमा पनि पर्याप्त मात्रामा सीप चाहिन्छ । विख्यात लगानीकर्ता वारेन बफेटले ११ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी सुरु गरेका थिए । सुरुमा उनले पनि केही गल्तीहरु नगरेका होइनन् ।
नयाँ कुरा सिक्न खोज्दा गल्ती हुनु स्वाभाविक नै हो । तर पैसासँग सम्बन्धित विषय हुने भएकाले सिकाईमा बारम्बार गल्ती गर्याे भने परिणाम निकै हानिकारक हुन सक्छ । युवा अवस्थाबाटै लगानी सुरु गर्दा जोखिम भए पनि भविष्यमा सुधार गर्ने पर्याप्त समय हुन्छ ।
सेयर बजारका लगानीकर्ताले पनि बारम्बार गल्ती गरिरहेका हुन्छन् । भर्खर बजारमा प्रवेश गर्ने युवा लगानीकर्ताले अझै बढी गल्ती गर्ने सम्भावना हुन्छ । किन भने व्यावहारिक ज्ञान कम हुन सक्छ । यसैक्रममा आज हामी युवा लगानीकर्ताहरुले गर्ने त्यस्तै ५ साधारण गल्तीहरुका बारेमा यहाँ सामान्य चर्चा गर्दैछौं ।
१) विलम्ब वा स्थगित गर्ने बानी
सेयर बजारमा विलम्ब गर्ने बानी निकै हानिकारक हुने गर्दछ । लगानी सम्बन्धी निर्णय लिन ढिलाई गर्ने, स्थगित गर्ने वा अन्तिम समयमा मात्र टुंगो लगाउने बानीले ठूलै हानिकारक हुने गर्दछ । दीर्घकालमा सेयर बजारले राम्रो प्रतिफल दिने सम्भावना हुन्छ । त्यस्तै, वर्षौसम्म बजार ओरालो लाग्ने पनि हुनसक्छ । ]
दुवै अवस्थामा प्रतिफल लिनलाई भने छिटै लगानी सुरु गर्नु र लगानीलाई सानोसानो गरी भए पनि महिनैपिच्छे बढाउँदै लैजान सक्नुपर्छ । सेयर बजारमा कम्पाउण्डिङ रिर्टन शब्दको प्रयोग पनि गरिन्छ । यो निकै महत्वपूर्ण र्टम हो । आफ्नो लगानीलाई जतिसक्दो छिटो र उच्च मुनाफा कमाउने माध्यमका रुपमा विकास गर्नका लागि लगानीमा कत्ति पनि विलम्ब गर्नु हुँदैन ।
२) लगानी गर्नुको सट्टा अनुमान मात्र लगाउने
युवा लगानीकर्ता उमेरका कारण जहिले पनि नाफामा हुन्छन् । किन भने भविष्यमा लगानी गर्नका लागि उनीहरुसँग पर्याप्त समय हुन्छ । सोही आधारमा साधन पनि हुन सक्छ । अनि, युवा अवस्थामा जोखिम लिन सक्ने क्षमता पनि अधिक हुन्छ । बढी जोखिम लिंदा प्रतिफल पनि अधिक प्राप्त गर्न सक्ने सम्भावना रहन्छ । साथै, उनीहरुसँग समय पनि प्रसस्त हुने भएकाले एकदुई पटक घाटा भइहाले भविष्यमा त्यो गल्तीबाट सिकेर सही मार्गमा आउन पर्याप्त समय रहन्छ । तर यही तर्कलाई आधार मानेर ठूलो प्रतिफल हत्याउन जुवाको रुपमा चल्न भने हुँदैन ।
जुवाको दाउमा अनुमान लगाए जस्तो नगरी, युवा लगानीकर्ताले जोखिम धेरै भएका तर दीर्घकालमा उल्लेख्य प्रतिफल दिनसक्ने कम्पनीमा लगानी गर्न आवश्यक हुन्छ । धेरै जोखिम वापत अधिक प्रतिफल पाउन सकिने कम्पनीहरुमा कम बजार पुँजीकरण भएका कम्पनीहरुलाई लिन सकिन्छ । यस्ता कम्पनीहरु साना र स्थापित बन्ने चरणमा हुन्छन् ।
तर दीर्घकालमा सेयरको भ्याल्यू बढ्दै नाम चलेको वा ब्रान्डेड कम्पनी वा स्थापित सेयरका रुपमा रहने सम्भावना अधिक रहन्छ । युवा लगानीकर्ताहरुले यस्तै किसिमका कम्पनीहरुमा लगानी विविधीकरण गर्नुपर्ने हुन्छ । तर सधैं अनुमानकै भरमा धेरै गरेर लगानी गर्दा भने युवा लगानीकर्तालाई बजार नै छोडेर भाग्नुपर्ने स्थिति आउन सक्छ । रिक्स लिने समयमा बजारबाट भाग्नु पिडादायी अवस्था हुन हुन्छ । यसर्थ, यसतर्फ ख्याल गर्नपर्छ ।
३) लेभरेजको ज्यादा प्रयोग
सामान्य अर्थमा भन्दा लेभरेज भनेको यस्तो लगानी रणनीति हो जसमा लगानीको सम्भावित प्रतिफल बढाउनका लागि उधारो वा सापटी रकम अथवा पुँजीको प्रयोग गरिन्छ । लेभरेजको फाइदा पनि छ र खतरा पनि । लगानीकर्ताले आफ्नो पोर्टफोलियोमा लेभरेज प्रयोग गर्ने उचित समय भनेको युवा अवस्था नै हो । यसअघि भने जस्तै, युवा लगानीकर्तालाई नोक्सान भर्पाई गर्नका लागि समय पर्याप्त हुने गर्दछ ।
तर, लेभरेजले राम्रो पोर्टफोलियोलाई समेत बर्बाद गर्ने सम्भावना भने उत्तिकै रहन्छ ।
त्यसैले, अत्याधिक लेभरेजको प्रयोग गर्नु पनि हानिकारक हुनसक्छ । आफ्नो समग्र पोर्टफोलियोको थोरै हिस्सामा मात्र लेभरेज राख्दा जोखिम कम हुनुका साथै प्रतिफल पनि पाउन सकिन्छ । उदाहरणका लागि, यदि कुनै एक युवा लगानीकर्ताको पोर्टफोलियोमा १ लाख रुपैयाँ छ भने उसले आफ्नो पोर्टफोलियोको १०% हिस्सामा २ः१ अनुपातमा लेभरेज राख्नु उचित हुन्छ । यसले केही मात्रामा जोखिम त बढाउला, तर समग्र पोर्टफोलियोलाई भने धेरै असर गर्दैन ।
४) पर्याप्त प्रश्न नगर्ने ...








