यसपालिको तिहारमा अनलाइन किनमेलमा अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल क्लियरिङ हाउसले एनआइसी एसिया बैंकसँग सहकार्य गरेको छ।
यस अन्तर्गत 'कनेक्ट आइपिएस डिजिटल किनमेल' अफर कम्पनीले ल्याएको छ।
अफर अन्तर्गत बैंकका ग्राहकहरूले ठूलो डटकम तथा कल्प मार्टबाट अनलाइन किनमेल गरी कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्दा प्रति कारोबार १५ प्रतिशत (अधिकतम ५०० रूपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ...





