नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य हालसम्मकै उच्च विन्दुमा, ५० करोडभन्दा बढीको कारोबार


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य हालसम्मकै उच्च विन्दुमा, ५० करोडभन्दा बढीको कारोबार

कात्तिक २४, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

कम्पनीको शेयर मूल्य अहिले समाचार तयार पार्दासम्म रू. ९६५ मा कारोबार भइरहेको छ । सोमवार उच्च मूल्य रू. ९७३ सम्म पुगेको थियो ।  अपरान्ह २ : ५० बजेसम्म उक्त कम्पनीको  रू. ५० करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

आइतवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९०४ मा बन्द भएको थियो । एक्कासी कम्पनीको शेयर मूल्य वृद्धि हुँदा लगानीकर्ताहरुले सामाजिक सञ्जालमा विभिन्न अड्कल बाजी गर्न थालेका छन् ।

केहीले  हकप्रद शेयरको हल्लाले र केहीले बोनस शेयरको हल्लाले वृद्धि भएको भनी प्रतिक्रिया दिएका छन् । कम्पनीले आव २०७५÷७६ मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने जानकारी गराएको थियो । ...

Read More
  • MBL