एनएलजी इन्स्योरेन्सको लाभांश बुक गर्ने आज अन्तिम दिन


  • Himalayan Bank Limited (HBL)
एनएलजी इन्स्योरेन्सको लाभांश बुक गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारण सभा रलाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते अर्थात भोलि बुकक्लोज गर्ने मिति तय गरेको छ ।  आजसम्म नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 कम्पनीको लाभांश प्रस्ताव पारित गर्न मंसिर ५ गते १४ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। सो सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँमा बिहान १० बजेदेखि वेबिनार मार्फत सञ्चालन गरिनेछ। एनएलजी इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा मंसिर ५ गते हुने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरीमा बिहान १० बजे सभा बोलाईको हो । वेबिनार मार्फत सभा गर्ने तयारी कम्पनीको छ । सभाले आव २०७५÷७६ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

Read More