यसरी छुट्याउनुहोस् तपाईले गर्न सक्ने पेसा वा ब्यवसाय


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यसरी छुट्याउनुहोस् तपाईले गर्न सक्ने पेसा वा ब्यवसाय

काठमाडौ । पेसा ब्यवसाय कुनैपनि मानिसले चाहेर मात्र सफल हुँदैन । तर जान्यो भने सबैलाई राम्रो नहुनेपनि हैन । आफ्नो पेसा वा ब्यवसाय के बनाउने धेरैजसो अलमलमा हुन्छन् । सही मार्गदर्शनले तपाईंलाई आफ्नो इच्छानुसारको करियरको बारेमा जान्ने अवसर मिल्नुको साथै कुनै व्यवसाय वा करियर किन छान्ने मद्दत गर्छ । त्यसैगरी, गलत करियर मार्गदर्शनले तपाईंको जीवन बर्बाद पनि हुन सक्छ । कसैले कुनै पेसा रोज्छन् भने, कसैले व्यवसायमा हात हाल्छन् । यहाँ सही करियर छानेर जीवनमा सफलता पाउने केही तरिका दिइएको छ ।

उत्साहका साथ अगाडि बढ्नेः करियर छान्ने बेलामा सबैभन्दा महत्वपूर्ण कुरा तपाईं आफूले छानेको करियरमा कति सन्तुष्ट हुनुहुन्छ भन्नेमा ध्यान दिनुपर्छ । तपाईंको हृदयलाई जसले आनन्द दिन्छ, त्यही करियर सही हुन्छ । तपाईंको लागि कुन करियर सही हुन्छ भन्ने तपाईंभन्दा अरू कसैले भन्न सक्दैन । तपाईंलाई जुन विषयको बढी ज्ञान छ र जुन क्षेत्रको बारेमा बढी जानकारी छ, त्यही तपाईंको लागि सही करियर हुन सक्छ । जबर्जस्ती छानिएको करियरले तपाईंलाई कहिले पनि सफलता मिल्दैन । यसरी छान्दा तपाईंलाई मानसिक तनाव हुनुको साथै जीवन बर्बाद मात्रै हुन्छ ।

अरूको सहयोग लिनेः करियर छनोटको सम्बन्धमा कुनै पनि उल्झन परेमा आफूभन्दा ठूलो मानिसको सहयोग लिन हिच्किचाउनु हुँदैन । जति सक्दो आफ्नो गुरु, परिवारका सदस्य वा साथीहरूको सहयोगमा करियर छान्नु राम्रो हुन्छ । आफ्नो करियरको बारेमा तपाईं जति धेरै ज्ञान बटुल्नु हुन्छ, त्यति नै सफलता तपाईंलाई हुन्छ ।

उद्यमी बन्नेः यदि तपाईं कुनै जागिर खाँदै हुनुहुन्छ भने त्यो राम्रो कुरा हो । तर जागिरलाई जीवनभर अपनाउनु त्यति राम्रो होइन । एक उद्यमी बनेर अरूका लागि रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्छ ।

जोखिम उठाउन सक्नुपर्छः आफ्नो करियरलाई सफल बनाउन सानोतिनो जोखिम उठाउन सक्नुपर्छ । सही समय आउला भनेर पर्खेर बस्नु हुँदैन । सफलता तिनै व्यक्तिले प्राप्त गर्न सक्छन्, जो जीवनमा हरपल सफलता प्राप्त गर्न तल्लीन हुन्छन् । सफलता मानिसको हरेक कदममा हुन्छ । तर, त्यसलाई समात्ने कला हामीले सिक्नुपर्छ । ...

Read More
  • MBL - below news