चाडपर्वमा दोब्बर भए ई–कमर्सका ग्राहक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चाडपर्वमा दोब्बर भए ई–कमर्सका ग्राहक

१९ कात्तिक, काठमाडौं । ‘दराज अनलाइन सपिङ’को आधिकारिक फेसुबक पेजमा असोज ३० गते एउटा पोष्ट देखियो, जसमा अल्फा ब्रान्डको विद्युतीय मिक्स्चरको मूल्य अर्को अनलाइन सपिङ साइट सस्तोडिल’सँग तुलना गरिएको थियो ।

सस्तो डिलमा २ हजार ९९९ रुपैयाँ तोकिएको सो मिक्स्चरको मूल्य दराजमा २ हजार ६५० थियो ।

त्यसको काउन्टरमा सस्तोडिलले मिक्स्चरको मूल्य घटाएर २ हजार ५४९ रुपैयाँ बनायो । दशैंको माहोलमा ई–कमर्स साइटबीच धेरै सामानमा मूल्य प्रतिस्पर्धा भएको लाभ उपभोक्ताले उठाउन पाए । दशैंको छेकामा धेरै सामान एकैपटक अर्डर आउन पाएपछि ‘मास भोल्युम’मा सामान बिक्री हुँदा प्रतिस्पर्धा गर्न पनि सहज भएको ई–कमर्स साइट सञ्चालकहरु बताउँछन् ।

दसैंले उचालेको अनलाइन बजार

चैतमा लागु लकडाउन अन्त्य भएसँगै असारदेखि विभिन्न व्यवसाय विस्तारै बौरिन थालेका थिए ।

त्यसमध्ये सबैभन्दा छिटो पुनर्जीवित हुने व्यवसाय थियो, अनलाइनमार्फत हुने ब्यापार अर्थात् ई–कमर्स ।

कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनमा केही हप्ता बन्द रहेका ई–कमर्स साइटले चार्डपर्वको छेकामा भने चौका दाउ नै लगाए । उनीहरुले दसैं लागेपछि सामान्य अवस्थाकोभन्दा दोब्बरसम्म कारोबार गरे ।

किनमेलका लागि बाहिर भीडभाड जान नचाहनेहरु धेरै भए । लकडाउनमा घरमै बसेर समान अर्डर गर्ने सुविधा धेरै शहरीया मध्यम तथा उच्च वर्गले प्रयोग गरे ।

घरघरै समान पुर्याइदिने ई–कमर्स मोडलले यो पटकको दसैंमा अझ राम्रो नतिजा निकाल्यो । बढिहरेको ई–कमर्सलाई भौतिक दूरी कायम गर्नुपर्ने लगायतका अवस्थाले थप प्रवर्द्धन गरेको ई–कमर्स साइट सञ्चालक कम्पनीहरु बताउँछन् ।

चाडपर्वको समयमा हुने किनमेलका लागि यसपटक विगतको भन्दा उच्चदरमा ग्राहकले अनलाइन माध्यम प्रयोग गरे । अनलाइनबाटै सामान अर्डर गर्ने र मूल्य पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्ने क्रम अहिले बढ्दो छ । दसैंमा भएको अनलाइन कारोबारले यसलाई नयाँ उचाइमा लग्यो ।

चल्तीका ई–कसर्म साइटहरुले अहिले काठमाडौंको चक्रपथ बाहिर पनि निःशुल्क डेलिभरी दिइरहेका छन् ।

मूल्य भुक्तानीका लागि आईएमई–पे, प्रभु–पे, सेल–पे, खल्ती लगायतका भुक्तानी सेवा प्रदायकहरुको ई–वालेट प्रयोग गरिन्छ । त्यसबाहेक एटीम कार्ड ‘स्वाप’ गर्न मिल्ने ‘पीओएस’ मेसिन बोकेर डेलिभरी दिनेहरु घर–घर पुग्छन् । नगदमै पनि भुक्तानी दिन सकिने व्यवस्था ई–कमर्स साइटहरुले गरेका छन् । ...

Read More