कुमारी बैंकका ग्राहकले पवन मिस्ठान भण्डारबाट मिठाई खरिद गर्दा ५ प्रतिशत छुट


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी बैंकका ग्राहकले पवन मिस्ठान भण्डारबाट मिठाई खरिद गर्दा ५ प्रतिशत छुट

कुमारी बैंक लिमिटेड र बुटवलस्थित उच्च गुणस्तरीय पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिस्ठान भण्डारसंग सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५% छुट प्राप्त गर्न सक्नेछन् । 

मिठाई र व्यञ्जनहरु हाम्रा चाडपर्व तथा उत्सवहरुको एक अभिन्न अंग रहँदै आएका छन् । यसै बीच सम्पूर्ण नेपालीहरुको महान उत्सव दीपावली नजिकिँदै गर्दा, आफ्ना ग्राहकवर्गले गुणस्तरीय व्यञ्जन लगायत मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी उक्त महोत्सव आफ्ना परिवारजनसँग हर्षोल्लासका साथ मनाउन सकुन भन्ने अभिप्रायले उक्त सम्झौता गरिएको बैंकका पधाधिकारीले जानकारी दिएका छन् । सो सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख श्री राम मणि अधिकारी र पवन मिस्ठान भण्डारका प्रोप्राइटर श्री पवन कुमार हलवाईले हस्ताक्षर गर्नुभयो । 

आफ्ना देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।  

Read More
  • MBL