प्राइम बैंकद्वारा रु. ३.५० अर्बको ऋणपत्र निष्कासनको अनुमति माग, ब्याजदर कति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम बैंकद्वारा रु. ३.५० अर्बको ऋणपत्र निष्कासनको अनुमति माग, ब्याजदर कति ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

बैंकले ‘८.७५% प्राइम डिबेन्चर–२०८५’ नामक धितोपत्र निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा गत कात्तिक १४ गते आवेदन दिएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका ३५ लाख इकाइबराबरको ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ। 

कुल इकाइमध्ये बैंकले १४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी २१ लाख इकाइ प्राइभेट प्लेसमेन्टअन्तर्गत बिक्री गर्नेछ। 

आठ वर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जसअनुसार बैंकले इकाइधनीहरुलाई अर्धवार्षिक रुपमा यो ऋणपत्रको ब्याज भुक्तानी गर्नेछ। 

Read More
  • MBL - below news