काठमाडौं । बिहान जुरुक्क उठेर मोबाइल खोल्दा कसैको मिठो सन्देश आउँदा दिन पनि राम्रै हुन्थ्यो होला । तर, यहाँ त तपाईं विदेश जान चाहनुहुन्छ ? आउनुहोस् हामी आईईएलटीएस पढाउँछौ, कार किन्न चाहनुहुन्छ ? छुट दिइरहेका छाैं ।
यस्ता म्यासेज, जसमा प्रयोगकर्ताको चासो र सरोकार छ, उनीहरुलाई त खासै फरक नपर्ला । तर, विदेश जानु नै छैन, कार किनेर हिँड्नु पनि छैन, बाइक चढ्नुमा रुचि छैन । अनि घरको ताजा खाना छोडेर अनलाइन अर्डर गर्नु पनि छैन ।
अनि त्यस्ता प्रयोगकर्तालाई किन मोबाइलमा अनावश्यक म्यासेज पठाएर डिस्टर्ब गर्ने ? पाँच नम्बरको सर्ट कोडमार्फत आउने यस्ता म्यासेजले धेरै मोबाइल प्रयोगकर्तालाई दिक्कै पार्न थालेकाे छ ।
त्यसो त मोबाइलको म्यासेज अव्यवस्थित नै हुन्छ । कुनै म्यासेज खोज्नुपर्यो भने फेला पार्नै मुस्किल परिरहेको हुन्छ । यस्तोमा अझ यस्ता अनावश्यक विज्ञापनयुक्त म्यासेजले त झन् भद्रगोल पारिदिन्छन् । ...





