गत वर्षको दसैँको तुलनामा १६ अर्ब घट्यो नगद कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गत वर्षको दसैँको तुलनामा  १६ अर्ब घट्यो नगद कारोबार

नेपालीको नगद बोक्ने बानी घट्यो, डिजिटल माध्यमको प्रयोग वृद्धि

विगतका वर्षको तुलनामा यो वर्षको दसैँमा नगदमै कारोबार गर्ने नेपालीको प्रचलनमा कमी आएको देखिएको छ । गत वर्षको दसैँमा मानिसहरूले साथमा राख्ने रकम (मनी इन सर्कुलेसन–प्रचलनमा रहेको नगद) सामान्य समयमा भन्दा ७० अर्ब रुपैयाँले वृद्धि भएको थियो । तर, यसपटक १६ अर्ब कम भएर ५४ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ ।  

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्षको १ असोजमा ५ खर्ब ९२ अर्ब रुपैयाँ प्रचलनमा रहेकोमा १२ कात्तिकमा ६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको १ असोजमा भने ४ खर्ब ९२ अर्ब रुपैयाँ प्रचलनमा रहेकोमा २४ असोजमा ५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको थियो । गत वर्ष २१ असोजमा विजयादशमी परेको थियो । ‘डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रवृत्ति बढेकाले पनि मुद्राको गति कम भएका कारण प्रचलनमा रहेको रकममा धेरै वृद्धि देखिएन,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘साथै, उपभोगमा आधारित आर्थिक गतिविधि कम भएकाले पनि यस्तो भएको हो ।’   ...

Read More