काठमाडौं । चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ को तयारी अन्तिम चरणमा पुगेको छ । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षको काम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।
कार्ड छाप्न प्रक्रिया अघि बढाएको र कार्यविधि तयार भएपछि किसान क्रेडिट कार्ड वितरण प्रक्रिया अघि बढ्ने कृषि विकास बैंकका प्रवक्ता एवम् कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए । ‘यदि कोभिडको महामारी नबढेको भए अहिलेसम्म कार्ड वितरण प्रक्रिया अघि बढी सक्ने थियो,’ उनले भने ‘हाम्रो तयारी अबको १ महिनामा किसानलाई सो कार्ड वितरण गर्ने हो ।’
कोभिडले अबका दिनमा लिने प्रकोपलाई हेरेर कार्ड वितरण प्रक्रिया अघि बढाउने बैंकले तयारी गरेको छ । ‘यति उति भन्दा पनि बजार माग र आवश्यकता अनुसार हामी यो कार्डको व्यवस्थापन गर्छौ,’ उनले थपे ‘कार्यविधि तयार गरेर किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्ने योजना कृषि विकास बैंकले बनाएको छ ।’ स्थिति अनुकूल हुनु पर्यो, यदि कोभिडको प्रकोप नबढेको भए हामीले यति खेरा किसान क्रेडिट कार्ड वितरण गरिसक्ने थियौं ।’
....





