बुक क्लोज के हो ? बोनस र हकप्रदमा समायोजित भाउ हिसाब कसरी गर्ने ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुक क्लोज के हो ? बोनस र हकप्रदमा समायोजित भाउ हिसाब कसरी गर्ने ?

काठमाडौं : सूचीकृत कम्पनीहरुले बोनस र हकप्रद सेयर जारी गर्दा कम्पनीको सेयर बजार भाउ समायोजन गरिँदै आएको छ । कम्पनीहरुले साधारण सभा तथा हकप्रद सेयर जारी गर्नुअघि बुक क्लोज मिति तय गरेका हुन्छन् । र सोही दिन बोनस र हकप्रद सेयरको बजार भाउ पनि समायोजन गरिएको हुन्छ । 

कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी, सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर अथवा स्टक डिभिडेन्ड भनिन्छ । त्यसैगरी, सेयरधनीहरुको खरिद गर्ने पहिलो हक हुने गरी, उनीहरुलाई समानुपातिक रुपमा सेयर बिक्री गर्न जारी गरिने थप सेयरलाई, हकप्रद सेयर अथवा राइट सेयर भनिन्छ ।

बोनस सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्दैन । तर, हकप्रद सेयरका लागि भने सेयरधनीले पैसा तिर्नु पर्छ । अब, प्रश्न आउँछ कस्ता सेयरधनीले चाहिँ कम्पनीले दिने बोनस र हकप्रद सेयर पाउन सक्छन् ? जसको उत्तर हुन्छ, बुक क्लोज मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र कम्पनीले दिने बोनस र हकप्रद सेयर पाउँछन् ।

के हो बुक क्लोज मिति ?

कम्पनीहरुले सेयरधनीहरुको रेकर्ड राख्ने रजिस्टर (सेयरधनी दर्ता किताब) कायम गरेका हुन्छन् । साधारण सभा, लाभांश वितरण र हकप्रद सेयर जारी गर्नु अघि, निश्चित अवधिका लागि सेयर दाखिल खारेज तथा नामसारी नहुने गरी सेयरधनी दर्ता किताब बन्द अथार्त बुक क्लोज गर्दछन् ।

कम्पनीहरुले विशेष गरी, कुन मितिसम्म कायम रहेका सेयरधनीहरुलाई साधारण सभामा सहभागी गराउने तथा लाभांश र बोनस सेयर र  हकप्रद सेयर जस्ता प्रतिफलहरु प्रदान गर्ने, भन्ने निधो गर्नकै लागि यसरी बुक क्लोज गर्दछन् । यसरी बुक क्लोज भएको अवधिमा पनि सेयर खरिद बिक्री गर्न सकिन्छ । तर कम्पनीले घोषणा गरेको प्रतिफल भने बुक क्लोज हुनु भन्दा अघि कायम रहने सेयरधनीले मात्र पाउँछन् ।

बोनस सेयर र हकप्रद सेयर का लागि बुक क्लोज भएको दिन कम्पनीको बजार सेयर मूल्यमा समायोजन गरिन्छ । बोनस र हकप्रद सेयर दिँदा सेयर संख्या थपिने भएकाले मूल्य समायोजन गरिएको हो । तर मूल्य समायोजन हुँदा कम्पनीको सेयर भाउ भने घट्छ । त्यसैले, सेयर खरिदबिक्री गर्ने लगानीकर्ताले यो विषयमा पनि चनाखो हुनुपर्छ । ...

Read More
  • MBL - below news