दसैँमा डिजिटल बैङ्किङ प्रयोग गर्न बैङ्कहरुको जोड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दसैँमा डिजिटल बैङ्किङ प्रयोग गर्न बैङ्कहरुको जोड

कोभिड १९ संक्रमण बढेसँगै बैङ्क तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकता दिएका छन् । विभिन्न वित्तीय प्रविधिहरुको प्रयोग गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरेका बैङ्कहरुले यस्तो कारोबार सुरक्षाका दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरेका छन् ।

डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, पस मेसिन, क्युआर कोड लागयतबाट डिजिटल कारोबार गर्न बैङ्क तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्दै आएका छन् । कोभिड १९ संक्रमणको जोखिम बढ्दै जाँदा डिजिटल कारोबारलाई थप बढाउँदै जाने रणनीतिमा बैङ्क तथा वित्तीय संस्थाहरु देखिन्छन् ।

डिजिटल कारोबार मार्फत् एक बैङ्कबाट अर्को बैङ्कको खातामा पैसा पठाउने, आफूलाई आवश्यक बस्तुहरुको किनमेल गर्ने, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ । बैङ्कहरुले डिजिटल कारोबार बढ्दै जाँदा यसलाई भरपर्दो, सुरक्षित र विश्वसनिय बनाउन अपनाउनुपर्ने उपायहरु अवलम्बन गरिएको बताउँदै आएका छन् । ...

Read More