नेपाल फाईनान्सको शेयर मूल्य समायोजन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल फाईनान्सको शेयर मूल्य समायोजन

नेपाल स्टकएक्सचेन्ज नेप्सेमा नेपाल फाईनान्सको शेयर मूल्य समायोजन भएको छ  । कम्पनीले हकप्रद निष्काशनको लागि आज कार्तिक ६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मूल्य समायोजन भएको हो।

समायोजनपछि कम्पनीको शेयर मूल्य १८९ रुपैयाँ कायम भएको छ । कम्पनीको १२५ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।  

 कम्पनीले १:१.२५ को अनुपातमा १२५ प्रतिशत बराबरको १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँले हुन आउने १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कार्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

...

Read More