डिजिटल दक्षिणा उपहार योजना, कुन बैंकको के अफर ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल दक्षिणा उपहार योजना, कुन बैंकको के अफर ?

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं घरदैलोमा भित्रिइसकेको छ । दशैंको मुख्य आकर्षण नयाँ नोट भए पनि यसपालि नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल नबन्ने भएको छ । कोरोनाकै कारण नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने भएको छ । 

नयाँ नोटको अभाव हुँदा ग्राहकलाई लक्षित गर्दै बैंक तथा वित्तिय संस्थाहरूले डिजिटल दक्षिणा, रेमिट्यान्स, मनी ट्रान्सफर योजना अगाडि सारिरहेका छन् । दशैंमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाले छुट, अफर र उपहार योजना ल्याएका छन् ।

दक्षिणा डिजिटली दिँदा बैंकहरुबाट यस्तो अफर पाइन्छ  

बैंक अफ काठमाण्डू 
बैंक अफ काठमाण्डूले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बैंकले दशैंलाई लक्षित गर्दै मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएका हो । व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डूले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो ।

 यस योजना अनुसार ग्राहकले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १००० रुपैयाँ वा सो भन्दा बढि भएमा ३०० रुपैयाँ नगद उपहार लागि ग्राहक महानुभावहरु योग्य हुनेछन् । 

यस योजनामा सहभागी हुनको लागि ग्राहकले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ, रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक फरक हुनुपर्नेछ, उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा १००० रुपैयाँ वा सो भन्दा बढी हुनुपर्नेछ । यसका साथै ग्राहकले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङमा भएको फोनपे मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, दक्षिणा कारोबारको विबरणमा दक्षिण राख्नुपर्नेछ ।

एनआईसी एशिया बैंक  ...

Read More