सुरक्षाका उपाय अपनाएर भीडभाड नहुने गरी पनि वार्षिक साधारणसभाहरू गर्न सकिने सर्वसाधारण सेयरधनीहरूको भनाइ छ ।
यस्ता साधारणसभाहरूमा कम मात्र सेयरधनीहरूको उपस्थिति रहने तथा आमसेयरधनीहरूले भाग लिन, सहभागिता जनाउन नसकिने कारणले यसप्रति सर्वसाधारण सेयरधनीहरूको असन्तुष्टि रहेको छ ।
नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स कम्पनीको २० देखि २७ आंै वार्षिक साधारणसभामा भाग लिन पुगेका सर्वसाधारण सेयरधनीहरूलाई भर्र्चुअल एजीएम भनेर सभाहलमा प्रवेश नगराई फर्काइएको थियो । कोरोनाको कहरका कारणले भीडभाड गर्न नहुने भएकाले सभा–सम्मेलन गर्न निषेध गरिएको भएकोले केही कम्पनीहरूले भर्र्चुअल एजीएम यानी भिडियो कन्फरेन्सबाट साधारण सभा गर्ने गरिरहेका छन् । त्यसो त केही कम्पनीहरूले सार्वजनिक सूचना नै नदिई लकडाउन र निषेधाज्ञामा पनि विशेष र वार्षिक साधारणसभाहरू गर्ने गरिरहेका छन् । कोरोनाको कारण देखाई पछिल्लो समयमा कम्पनीहरूले आआफ्नो वार्षिक र विशेष साधारणसभाहरू भर्र्चुअल यानी भिडियो कन्फरेन्स गरी गर्ने लहर नै चलेको छ । अहिले विभिन्न पब्लिक कम्पनीहरूको वार्षिक साधारणसभाहरू गर्ने सिजन नै हा, तर कोरोनाको कहरले लकडाउनले गर्दा कतिपय कम्पनीहरूले साधारणसभाहरू गर्न सकिरहेका छैनन् । विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको कहरले भीडभाड गर्न नहुने, भौतिक दूरी कायम गर्नुपर्ने कारणले सभा–सम्मेलनहरू गर्न सरकारले रोक लगाएका कारण कतिपय कम्पनीहरूले आ–आफ्ना वार्षिक साधारणसभाहरू समयमा गर्न सकिरहेका छैनन् भने केही कम्पनीहरूले भने भर्र्चुअल एजीएम गर्ने गरिरहेका छन् । यस्ता साधारणसभाहरूमा कम मात्र सेयरधनीहरूको उपस्थिति र सहभागिता रहने तथा आमसेयरधनीहरूले भाग लिन, सहभागिता जनाउन नसकिने कारणले यसप्रति सर्वसाधारण सेयरधनीहरूको असन्तुष्टि रहेको छ । ...





