इन्टरनेट सेवा प्रदान गरिरहेका २६ कम्पनीले सेवाग्राहीलाई निशुल्क कल सुविधा प्रदान नगरेको पाईएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई अनिवार्य रुपमा शुल्क नलाग्न (टोल फ्री) नम्बरको व्यवस्थापन गर्न निर्देशन दिएपनि २६ कम्पनी अटेरी गरेका हुन् ।
इन्टरनेट सेवा सम्बन्धमा उपभोक्ताले गुनासो गर्दा वा जानकारी लिदा शुल्क लाग्ने गुनासो आएपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई अनिवार्य रुपमा शुल्क नलाग्ने नम्बरको व्यवस्था गर्न निर्देशन दिएको थियो । प्राधिकरणले ४० वटा सेवाप्रदायक कम्पनीलाई गत असार १० गते पत्र पठाउँदै १५ दिनभित्र टोल फ्री नम्बरको व्यवस्थापन गर्न दिर्नेशन दिईएतापनि तीन महिना पूरा हुँदा केहीले मात्र कार्यान्वयन गरेका हुन् ।




