प्रभु लाइफ इन्सुरेन्सको आइपीओले कति पायो रेटिङ ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु लाइफ इन्सुरेन्सको आइपीओले कति पायो रेटिङ ?

काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औषत रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको भन्ने पनि जनाउँछ । यता, कम्पनीले ६० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

कम्पनीले १०० रुपैयाँ दरको ६० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनका थप प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थले क्यापिटलले गर्दैछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

Read More
  • MBL