अनिल शाहलाई कोरोनाभाइरसको संक्रमण पुष्टि


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनिल शाहलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

बैंकर अनिल केसरी शाहलाई कोरोनाभाइरसको संक्रमण पुटि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको शाहले जानकारी दिएका छन् ।

गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै बस्ने सुझाव दिएका थिए । शाहले आफूलाई गन्ध थाहा नपाउने बाहेक अन्य कुनै लक्षण नरहेको र घरमा नै आइसोलेसनमा रहने बताएका छन् ।

Read More