यसरी लिनुहोस् आफ्नो व्यवसाय वा ब्राण्डको ट्रेडमार्क (टिप्स)


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यसरी लिनुहोस् आफ्नो व्यवसाय वा ब्राण्डको ट्रेडमार्क (टिप्स)

के तपाई आफ्नो उद्योगको नाम वा उद्योगबाट उत्पादित वस्तुलाई ब्रान्ड बनाई सुरक्षित बनाउनु चाहनुहुन्छ? यदि त्यस्तो हो भने ट्रेडमार्क दर्ता गराएर नाम वा उत्पादन सुरक्षित गर्न सकिन्छ  ।

ट्रेडमार्क दर्ताको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागमा निवेदन दिनु पर्छ । निवेदन दिँदा आफूले लिन चाहेको डिजाइनको ट्रेडमार्कको नमूना सहित विभागले तोकेको ढाचाँमा दिनु पर्छ । 

विभागको औद्योगिक सम्पति शाखाका अधिकारीहरुले निवेदनको प्रारम्भिक अध्ययन गर्छन् । अध्ययनमा केही त्रुटी भए थप आवश्यक कागजपत्रहरु माग गरिन्छ भने स्पष्ट भएकाको हकमा सारभूत परीक्षण गरिन्छ । 

सारभूत अध्ययनमा उद्योगको सबै तथ्यका आधारमा विभागले फाइनल गरेर औद्योगीक बुलेटीनमा ट्रेडमार्कको डिजाइन सार्वजनिक गर्छ । विभागले सार्वजनिक गरेको बुलेटिन व्यवसायीका छाता संगठन देखि विभागकै सूचना पाटीमा समेत राख्ने गरेको छ । 

बुलेट सार्वजनिक गर्दा ९० दिनको समयाबधि राखेर दाबी विरोधको लागि समय दिईन्छ। सार्वजनिक भएको डिजाइन यदि अरु कसैलाई आफ्नोसँग मिल्दोजुल्दो, शब्द तथा रंग मिल्ने देखियो भने प्रमाण खुल्ने आधार सहित विभागमा उजुरी दिन सकिन्छ । यदी ९० दिनभित्र सार्वजनिक भएको डिजाइनमा कसैको दाबी विरोध परेन भने विभागले ट्रेडमार्कको प्रमाणपत्र दिन्छ ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अन्तरगत कुनै पनि कम्पनीले ट्रेडमार्क लिन सक्छ । आफूले उत्पादन गरेका सामानको ट्रेडमार्क राख्न चाहेको निवेदन लिएर गएपछि विभागले यो सुविधा दिन्छ । ट्रेडमार्क कुनै शब्दको वा लोगोको पनि लिन सकिन्छ । तर आफुले लिन चाहेको ट्रेडमार्क उद्योग विभागमा पहिले नै दर्ता भएमा नयाँ दर्ता गर्न पाइदैन । 

कति लाग्छ शुल्क ? 

ट्रेडमार्कको निवेदन दर्ता गराउँदा एक हजार रुपैयाँ दर्ता शुल्क लाग्छ । निवदेनको आधारमा सबै काम सकेर प्रमाणपत्र लिने समयमा थप ५ हजार शुल्क तिर्नुपर्छ । निवेदन र प्रमाणपत्र सबै गरेर ट्रेडमार्क सुरक्षित गर्न ६ हजारमा लाग्छ । जुन सुकै उद्योग वा कम्पनीले प्रक्रिया पुर्याएर ट्रेड मार्क लिन सक्दछन्  ।  तर उद्योग विभागमा दर्ता भएको र नभएकोलाई फरक फरक प्रर्किया हुन्छ। एक पटक दिईएको ट्रेडमार्कको अबधि ७ वर्षको हुन्छ । ७ वर्षपछि ३५ सय तिरेर नवीकरण गर्न सकिन्छ । 

के हो ट्रेडमार्क ? ...

Read More
  • MBL - below news