२८ असोज, काठमाडौं । कोरोना महामारीको जोखिम कायमै छ । त्यसैले नेपाल राष्ट्र बैंकले सकेसम्म विद्युतीय कारोबार गर्न आग्रह गरेको छ । कोरोना महामारीमात्रै होइन अन्य सामान्य समयमा पनि पनि विद्युतीय कारोबार गर्ने हो बैंकसम्म गइरहनु पर्ने झन्झटबाट मुक्ति मिल्छ ।
हाम्रो अमूल्य समयको पनि बचत हुन्छ । पैसा पठाउनका लागि बैंकमा लाइन लाग्नु पर्ने समय अन्य कुनै काममा खर्चिन सकिन्छ । त्यहि भएर पनि सरकारले यो क्षेत्रलाई अत्यावश्यक सेवा क्षेत्रको रुपमा राखेको छ ।





