असोज २७, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज १४ गते निवेदन दिएको छ ।
कम्पनीले विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ४ करोड ४४ लाख नाफा कमाएको थियो । यो नाफा अघिल्लो आवको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो ।
सो अवधिमा कम्पनीले रू. ३ करोड ८१ लाख नाफा कमाएको थियो । गत आवको चौथो त्रैमाससम्मा कम्पनीले जगेडा कोषमा रू. १४ करोड ८९ लाख छुट्याएको छ भने जीवन बीमा कोषमा रू. १ अर्ब ४ करोडभन्दा बढी जम्मा गरेको छ ।








