बैंकिङ क्षेत्रका लागि यस्तो छ ह्वावेको ‘ह्वाइट पेपर’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकिङ क्षेत्रका लागि यस्तो छ ह्वावेको ‘ह्वाइट पेपर’

काठमाडौं । ह्वावे कनेक्ट २०२० मार्फत अन्तर्राष्ट्रिय डेटा कर्पोरेशन (आईडीसी) सँगको सहकार्यमा ह्वावेले ‘बैंकिङ इन्डस्ट्री राइजेज टु न्यु नर्मल’ शीर्षकको ह्वाइट पेपर जारी गरेको छ ।

कोभिड १९ ले बैंकिङ क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्दै दुई संस्थाले यो प्रतिवेदन तयार पारेका हुन् । प्रतिवेदनमा आगामी दिनमा बैंकिङ क्षेत्रले चाल्नुपर्ने कदमको बारेमा समेत उल्लेख गरिएको छ ।

यस प्रतिवेदनमा ‘बैंकिङ रिसिलियन्स सूचक’ तयार परिएको छ, जसले बैंकिङ क्षेत्रको वर्तमान स्थितिलाई क्षेत्रको हिसाबले ६ प्रमुख उपायका आधारमा मापन गरेको छ ।

यो सूचक क्षेत्रीय रुपमा देखिएका भिन्नतालाई प्रस्तुत गरेको छ, जसमार्फत बैंकहरुले आफ्नो स्थिरताको आँकलन गरी भविष्यमा चाल्नुपर्ने कदमको बारेमा जानकारी प्रदान गर्ने उल्लेख गरिएको छ ।

Read More