४ कम्प्युटरबाट सुरु भएको आरबीबीको डिजिटल यात्रा: २०५२ साल बन्यो 'टर्निङ्ग पोइन्ट'


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
४ कम्प्युटरबाट सुरु भएको आरबीबीको डिजिटल यात्रा: २०५२ साल बन्यो 'टर्निङ्ग पोइन्ट'

समयक्रमसँगै बैंकहरुको नारापनि बदलिएको छ। कुनै बेला घरघरमा बैंक भन्ने नारा दिएका बैंकहरु यतिखेर हातहातमा बैंक भनेर आफ्नो सेवाको प्रचार गरिरहेका छन्। यसले नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको तिब्र विकासको झल्को दिएको छ। 

पछि स्थापना भएका विशेषगरि निजि लगानीका बैंकहरुले आफ्नो स्थापना तथा संचालनको समयदेखि नै प्रविधिलाई आत्मसाथ गरेपनि सरकारी स्वामित्वका वाणिज्य बैंकहरुले संचालनमा आएको केहि वर्षपछि मात्र आफुलाई ढड्डाबाट स्तरोन्नति गरेको पाइन्छ। 

विक्रम सम्बत २०२२ सालमा स्थापना भएको सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले पनि स्थापनाकालको ढड्डाको युगदेखि डिजिटलयुगसम्मको यात्रा तय गरिसकेको छ। तर प्रतिस्पर्धी निजि लगानीका बैंकहरुलाई भन्दा आरबीबीलाई प्रविधिको तिब्र विकासलाई अँगालेर सेवालाई प्रविधिमैत्री बनाउन धेरै कसरत गर्नुपरेको देखिन्छ। 

वासलातको आकार, मुनाफाको अंक, शाखा संख्या, ग्राहक संख्या तथा अन्य बिभिन्न सूचकमा राष्ट्रिय बाणिज्य बैंक बाणिज्य बैंकहरुमै अव्वल दहरिएको छ। तर स्थापना तथा संचालनको समयमै आधुनिक प्रविधिलाई अँगालेर बैंकिङ सेवा सुरु गरेका पछिल्ला पुस्ताका बाणिज्य बैंकहरु सरह आफुलाई उभ्याउन मात्र नभई बैंकिङ मै नेतृत्व लिनलाई आरबीबीले धेरै मिहिनेत गर्नुपरेको छ।  ...

Read More
  • MBL - below news