आइएमई पेले दशैंको किनमेलमा ३० प्रतिशत क्यास ब्याक दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइएमई पेले दशैंको किनमेलमा ३० प्रतिशत क्यास ब्याक दिने

आइएमई पेले दशैंको अवसरमा क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत दशैंमा किनमेको भुक्तानी आइएमई पे मोबाइल वालेट मार्फत गर्दा ३० प्रतिशत क्वास ब्याक पाइने भएको हो । 

कम्पनीले किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको  भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो । उक्त अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुनेछ । 

अफरसँगै कोरोना भाइरसको बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको जनाएको छ । 

Read More