काठमाडौं : स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई एक्वायर गरेर आज (अजोज २५ गते) बाट एकीकृत कारोबार सुरु गर्दैछ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असोज २ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असोज १९ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै एक भएपछि अब स्वरोजगार लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।
जनकपुरलाई स्वरोजगारले १ः०.७ कित्ता सेयर दिने गरी प्राप्ति (एक्वायर) गरेको हो । दुवै कम्पनी एक भएपछि जनकपुरका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर स्वरोजगारकोे ७० कित्ता सेयर पाउनेछन् । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ । दुवै कम्पनीको साउन १० गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।








