काठमाडौँ, असोज २३ गते । सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पु¥याउने लक्ष्यसाथ नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु गरेका छन् । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध पु¥याउने योजना पनि सार्वजनिक भएको छ ।
विश्वभर गुणस्तरीय वाईफाई पु¥याउने लक्ष्यसाथ फेसबुकले सुरु गरेको एक्सपे्रस वाईफाई अभियानअन्तर्गत नेपालमा वल्र्डलिङमार्फत आफ्नो पूर्वाधार प्रयोग गर्न दिन फेसबुक सहमत भएको हो । सात महिनाअघि नै दुई कम्पनीबीच सम्झौता भए पनि बुधबार एक भर्चुअल कार्यक्रममार्फत औपचारिक सहकार्यको घोषणा गरिएको हो ।
सहकार्यअनुसार दुई वर्षअघि देखि सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध गराइरहेको वल्र्डलिङ्कलाई फेसबुकले आफ्नो ‘प्ल्याटफर्म’ दिनेछ । त्यसकै उपयोग गरेर फेसबुकले इन्टरनेट निःशुल्क इन्टरनेट विस्तार गर्नेछ । यसअघि १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने घोषणा गरिसकेको वल्र्डलिङ्कले अहिलेसम्म सात हजार पाँच सय स्थानमा फेसबुकको एक्सपे्रस वाईफाई प्रयोग भएको जनाएको छ । ...





