काठमाडौं : सानिमा जनरल इन्सुरेन्सको आइपीओमा १ अर्ब २४ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ५ लाख ६१ हजार ७०० जनाले १ करोड २४ लाख ७० हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ४.५६ गुणा बढी आवेदन हो ।
कम्पनीले बुधबार (असोज २१ गते) बाट १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४% अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ । त्यस्तै, ५% अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । ...






