मिर्मिरे लघुवित्तको शेयर सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्बाट हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मिर्मिरे लघुवित्तको शेयर सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्बाट हुने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाटनै हुने भएको छ । नागबेली लघुवित्तलाई प्राप्ती गरी भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरिसकेको मिर्मिरेले असोज १८ गतेदेखि शेयर रजिष्ट्रारको काम नेपाल एसबिआईबाटनै हुने जानकारी दिएको हो ।

नागबेलीलाई प्राप्ती गरेपश्चातको शेयर पनि मिर्मिरेको नाममा असोज १५ गते सूचीकृत भैसकेको छ । मिर्मिरेले नागबेलीलाई प्राप्ती गरेपश्चात कायम भएको २० लाख ७ हजार १२३ दशमलव ६१५ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । साविकका नागबेली लघुवित्तका शेयरधनीहरुले अब मिर्मिरेको नाममा रहेको शेयर व्यवस्थापनको सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैकिङ् लिमिटेडबाट गर्न सक्नेछन् ।

Read More
  • MBL - below news