भारतीय इ–वाणिज्य भुक्तान प्रणाली तथा वित्तीय प्रविधि कम्पनी पेटीएम डिजिटलले आफ्नो नयाँ एन्ड्रोइड ‘पेटिएम मिनी एप स्टोर’ सार्वजनिक गरेको छ।
योसँगै पेटिएमले भारतीय प्रविधिकर्तालाई गुगलको एकाधिकार अन्त्य गर्न समर्थन गरेको हिन्दुस्तान टाइम्सले जनाएकाे छ।
सेप्टेम्बर १८ मा रियल–मनी गेमिङमा विकासकर्ताहरुद्वारा निर्मित दिशानिर्देशकहरुको उल्लघंन गरेको भन्दै गुगल प्लेस्टोरबाट पेटिएम एप अस्थायी रुपमा हटाइएको थियो। योसँगै ‘पेटिएम मिनी एप स्टोर’ विकास कार्य सुरु भएको हो।
हिन्दुस्तान टाइम्सले जनाएअनुसार गत साता पेटिएमका संस्थापक विजय शेखर शर्मा र राजर्पेका हर्शिल माथुर लगायत ५० स्टार्टअप संस्थापकले गुगललाई चुनौती दिनसक्ने भारतीय एप–स्टोर निर्माण सम्भावनाबारे छलफल गरेका थिए।
गुगल प्लेस्टोरबाट पेटिएम एप हटाएसँगै गुगललाई भारी परेको छ। किनकि यसले गुगलको 'इन–बिल सिस्टम'मा समस्या पारेको छ। ...





