सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company ले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै माग भन्दा २ गुणा बढीको आवेदन परेको छ । आज साँझ ५ बजेसम्ममा २ लाख ६५ हजार ६ सय १६ जना आवेदकले ६१ लाख ४४ हजार ९ सय ५० कित्ताको आवेदन परेको हो । यो माग भन्दा २.२५ गुणा बढी हो ।
कम्पनीले आज असोज २१ गतेदेखि प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजारको कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।



