सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले स्वराज माज्दा(एसएमएल)को गाडी खरिद गर्दा ग्राहकले कर्जा पाउने भएका छन् । बैंकल र लक्ष्मी कमर्सियल भेहिकल्सबीच भएको कर्जा उपलब्ध गराउने सम्झौता अनुसार ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।
बैंक र कम्पनीबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता बुधबार भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।



